शनिबार, साउन ३, २०८२

झापामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु, तीन घाइते

 |  सोमबार, माघ ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ ७, २०८१

vianetvianet

झापा- मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४  हापेन चोकमा आज सवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य तीन घाइते भएका छन्। 

मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए। प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नंको जिप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। 

दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन्। उनीहरुको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ। प्रहरीले अटोरिक्साका चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।  

प्रकाशित: Jan 20, 2025| 15:11 सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्