शनिबार, साउन ३, २०८२

युवकलाई निर्घात कुटपिट गर्ने असई बुद्धिबहादुर निलम्बित

 |  सोमबार, माघ ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ ७, २०८१

vianetvianet

काठमाडौं- चितवनमा एक युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन्। कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ।

पुस १५ गते भरतपुर महानगरपालिका–११ स्थित तीनखोले गुम्बानजिकै बाइपास रोडमा चेकिङका क्रममा भुजेलले युवकमाथि कुटपिट गरेका थिए। असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत छन्। सामाजिक सञ्जालमा भिडियो भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन गर्न समिति गठन भएको छ।

प्रकाशित: Jan 20, 2025| 12:51 सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्