शनिबार, पुस ५, २०८२

सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

 |  सोमबार, माघ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ ७, २०८१

सुनसरी- गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ।

National life

उत्पादन कम भए पनि बजारमा मुल्य गत वर्षको तुलनामा वृद्धि भएको छ। यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि उपज बजारमा किसानले सुन्तला बिक्री गर्न ल्याइरहेका छन्।

धरान कृषि बजारमा गत वर्षमा पुस र माघ महिनाको तुलनामा यस वर्ष कमै मात्रामा सुन्तला ल्याइएको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले बताए। यस वर्ष सुन्तला फल लाग्ने समयमा मौसम परिवर्तन र भारी वर्षाका कारण गत वर्षको तुलनामा उत्पादनमा कमी भएको भोजपुरका किसान प्रदीप राईले बताए।

उनले भने, “गत वर्षहरुमा १५ देखि २० मेट्रिक टनसम्म सुन्तला फल्ने गथ्र्यो यस वर्ष भने १२ मेट्रिक टन मात्र सुन्तला फल्यो।” उनले विगत १८ वर्षदेखि सुन्तला व्यापार गर्दै आएको बताए। धरान कृषि बजारमा कात्तिक महिनाको अन्तिम सातादेखि हालसम्म दुई हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्री भइसकेको छ।

दैनिक रुपमा धरान कृषि बजारमा २५ टन बढी सुन्तला आउने गरेको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष भट्टराईले बताए। गत वर्ष धरान कृषिबजारमा प्रतिकिलो ७० सम्ममा बिक्री भएको सुन्तला हाल प्रतिकिलो एक सयदेखि दुई सयसम्ममा बिक्री भइरहेको छ। सुन्तलाको मूल्य मौसमअनुसार घटबढ हुने गर्छ।

Laxmi sunrise bank
kumari

घाम लागेको समयमा सुन्तलाको मूल्य वृद्धि हुने र घाम नलागेको दिन मूल्य घट्ने व्यापारीहरुको भनाइ छ। कृषिउपज बजारस्थलको तथ्याङ्कअनुसार गत वर्ष धरानमा आठ हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्री हुँदा करिब एक अर्ब बराबरको कारोबार भएको थियो। यस वर्ष भने पाँच हजार मेट्रिक टन सुन्तला खरिद बिक्री हुँदा कृषिबजारबाट ६० करोड हाराहारीको कारोबार अनुमान गरिएको छ।

पूर्वी पहाडका भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, सङ्खुवासभा र खोटाङसम्मका सुन्तला धरान ल्याउने गरिएको छ। व्यापारीले धरानबाट इटहरी, इनरुवा, विराटनगर, विर्तामोड, दमक र मधेश प्रदेशका विभिन्न जिल्लासम्म सुन्तला बिक्रीका लागि पु-याउने गरेका छन्।   -रासस

प्रकाशित: Jan 20, 2025| 10:31 सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्