आइतबार, पुस ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रवि लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा रुपन्देही अदालतमा मुद्दा दर्ता

रवि लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा रुपन्देही अदालतमा मुद्दा दर्ता

 |  आइतबार, माघ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ ६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्धक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ।

National life

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता गरेको हो।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा थप अभियोग र पूरक अभियोगबाट ३९ जनाविरुद्ध आज मुद्दा दर्ता भएको छ। मुद्दाका सबै प्रतिवादी फरार छन्।

लामिछाने कास्की र काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका छन्। रुपन्देही, पर्सा र चितवनमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। अब उनी आफैं अदालतमा उपस्थित हुनेछन् वा प्रहरीले नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराउनेछ।

लामिछाने गृहमन्त्री भएको बेला सहकारी ठगीमा उनलाई उन्मुक्ति दिएर अन्य २८ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो। त्यसपछि थप अभियोगबाट १७ जना र पूरक अभियोगबाट लामिछानेसहित २२ जनाविरुद्ध अहिले मुद्दा दर्ता भएको हो।

Laxmi sunrise bank
kumari

रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। सहकारीको रकम अपचलन सम्बन्धमा यसअघि लामिछाने गृहमन्त्री भएको बेला एक हजार आठ सय ३१ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ अपचलन गरेको दाबी २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

प्रकाशित: Jan 19, 2025| 16:56 आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्