बिहीबार, असोज २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कुमारी बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ मार्फत ‘नेपालपे क्यूआर’ को अन्तरदेशीय भुक्तानी सहकार्य

कुमारी बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ मार्फत ‘नेपालपे क्यूआर’ को अन्तरदेशीय भुक्तानी सहकार्य

 |  आइतबार, माघ ६, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, माघ ६, २०८१

vianetvianet

काठमाडौं- कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवा सुरू गरेको छ। बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको साझेदारीमा ‘अलीपे प्लस’ नेटवर्कमा आवद्ध प्रयोगकर्ताहरूका लागि ‘नेपालपे क्यूआर’ मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो।

Kumaribank

यो सेवामार्फत ‘अलीपे प्लस’ प्रयोगकर्ताले कुमारी बैंकको ‘नेपालपे क्यूआर’ मा रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

‘अलीपे प्लस’ नेटवर्कमा आवद्ध प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रसबोर्डर भुक्तानीको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको
छ। यो सम्झौतासँगै नेपालमा उपलब्ध ‘नेपालपे क्यूआर’ र यसको ‘इन्ट्रोपिरेबल क्यूआर’ लाई अलीपे नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सकिने छ।

यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटली, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुरलगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरी ‘नेपालपे क्यूआर’ स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

साथै बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नयाँ पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले जनाएको छ।

Metro Mart

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित: Jan 19, 2025| 16:52 आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्