शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालले भारत र बङ्गलादेशतर्फ गर्‍यो पाँच अर्ब नौ करोड बढीको विद्युत् निर्यात 

नेपालले भारत र बङ्गलादेशतर्फ गर्‍यो पाँच अर्ब नौ करोड बढीको विद्युत् निर्यात 

 |  शनिबार, असोज ३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०८३

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/०८४ को भदौ महिनामा नेपालले भारत र बङ्गलादेशतर्फ पाँच अर्ब ९ करोड २४ लाख रुपैयाँ भन्दा बढीको विद्युत् निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख ६ हजार चार सय ४३ युनिट विद्युत् निर्यात गरेको हो। 

प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरेको जनाएको छ। द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् तीन अर्ब ६४ करोड रुपियाँभन्दा बढीमा बिक्री भएको छ भने, एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यातबाट एक अर्ब ४४ करोड ९९ लाख रुपियाँ आम्दानी भएको छ।

भोटेकोशी बाढीबाट चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको प्राधिकरणले जनाएको छ। अन्य आयोजनाबाट बङ्गलादेशतर्फ निर्यात पुनः सुरु गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिएको छ।

प्रकाशित: Sep 19, 2026| 15:48 शनिबार, असोज ३, २०८३
प्रतिक्रिया दिनुहोस्