शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटन र सेवाक्षेत्रमा विदेशी लगानीको प्रतिबद्धता बढी 

पर्यटन र सेवाक्षेत्रमा विदेशी लगानीको प्रतिबद्धता बढी 

 |  शनिबार, असोज ३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०८३

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा सबै भन्दा धेरै पर्यटन र सेवाक्षेत्रमा विदेशी लगानीकर्ताको आर्कषण बढेको छ। चालू आव साउन र भदौ महिनामा पर्यटन र सेवाक्षेत्रमा लगानीका लागि विदेशी लगानीकर्ता आकर्षित देखिएका छन्। 

उद्योग विभागले सार्वजनिक गरेको चालु आवको तथ्याङ्क अनुसार दुई महिनामा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन र सेवाक्षेत्रमा आएको हो।  भदौमा मात्र १३६ परियोजनामार्फत छ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। 

यसमध्ये स्वचालित प्रणालीमार्फत १३५ वटा परियोजनाका लागि छ अर्ब २७ करोड १५ लाख रुपियाँ र साधारण प्रक्रियामार्फत एउटा परियोजनाका लागि ८० करोड रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। 

साउनमा १९१ परियोजनामार्पत तीन अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको थियो। विभागका अनुसार गत साउन र भदौमा ३२८ परियोजनामार्फत ११ अर्ब १२ करोड ४४ लाख ५७ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ।

दुई महिनाको कुल लगानी प्रतिबद्धतामा पर्यटन क्षेत्रको हिस्सा सबैभन्दा धेरै तीन अर्ब ७४ करोड २८ लाख ५० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ। 

यसैगरी, दोस्रोमा सेवामूलक २६ परियोजनामार्फत तीन अर्ब ३० करोड ५४ लाख ८५ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ। यो कुल लगानीको २९ प्रतिशत हो। उत्पादनमूलक १८ परियोजनामार्फत एक अर्ब २३ करोड ९२ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ। 

यस्तै सूचनामूलक २१२ परियोजनामार्फत ८१ करोड ७९ लाख ७६ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ। यस्तै, ऊर्जाक्षेत्रमा एउटा परियोजनाका लागि दुई अर्ब रुपियाँ लगानी प्रतिबद्धता आएको छ। 

उत्पादनमूलक उद्योगका लागि १८ वटा परियोजनामार्फत एक अर्ब २३ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ।  कृषिमूलक एउटा परियोजनाका लागि २० करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ। सो अवधिमा खनिज तथा पूर्वाधार क्षेत्रमा भने विदेशी लगानी प्रतिबद्धता शून्य रहेको छ।

प्रकाशित: Sep 19, 2026| 15:34 शनिबार, असोज ३, २०८३
प्रतिक्रिया दिनुहोस्