शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्री डा. वाग्ले नयाँ दिल्लीमा कूटनीतिक गोलमेच संवादमा सहभागी

अर्थमन्त्री डा. वाग्ले नयाँ दिल्लीमा कूटनीतिक गोलमेच संवादमा सहभागी

 |  शुक्रबार, असोज २, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०८३

काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा उच्चस्तरीय कूटनीतिक संवादमा सहभागी भएका छन्।

नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई अर्थमन्त्री वाग्लेले सम्बोधन गरेका थिए।

कार्यक्रममा भारतका पूर्व विदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार एवं कूटनीतिज्ञ पंकज शरणलगायत सहभागी थिए।

त्यस्तै, अर्थशास्त्री तथा जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक डा. दीपक नायर, भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टीको विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा सम्पर्क सञ्जालका अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर र भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृतिसहित विभिन्न क्षेत्रका विज्ञ तथा कूटनीतिज्ञ कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’ की कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदर तथा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको थियो।

प्रकाशित: Sep 18, 2026| 19:25 शुक्रबार, असोज २, २०८३
प्रतिक्रिया दिनुहोस्