शनिबार, पुस ५, २०८२

अमेरिकामा फेरि बन्द भयो टिकटक

 |  आइतबार, माघ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ ६, २०८१

संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द भएको छ।

National life

आइतबार बिहानदेखि अमेरिकाभर टिकटक बन्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक हटेको छ र गुगल प्लेस्टोर तथा एप्पल स्टोरमा एप्लिकेसन देखिएको छैन।

यसैबीच टिकटकले एक सन्देश जारी गर्दै अमेरिकामा बन्द हुनुअघि आफैं अफलाइन भएको छ।

अमेरिकी प्रयोगकर्ताहरूको लागि एपमा देखिएको एक सन्देशमा भनिएको छ टिकटक प्रतिबन्ध गर्ने कानून लागु भएको छ, जसको अर्थ ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न। हामी भाग्यशाली छौं कि राष्ट्रपति ट्रम्पले हामीलाई टिकटकलाई पुनः बहाल गर्ने कार्यका लागि साथ दिने संकेत दिएका छन्। 

Laxmi sunrise bank
kumari

अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने बताएको थियो।

त्यसविरूद्ध परेको मुद्दामा शुक्रबार अमेरिकी उच्च अदालतले सरकारको सोही निर्णयको सदर गरेपछि अमेरिकामा टिकटक बन्द भएको हो।  

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनसम्मको समय दिने भनेका थिए। उनले सोमबारदेखि राष्ट्रपतिको कार्यभार सम्हाल्दैछन्।

यसअघि पनि अमेरिकामा टिकटक बन्द भएर पछि खुलेको थियो।  

प्रकाशित: Jan 19, 2025| 11:40 आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्