शुक्रबार, साउन २, २०८२

यस्तो रहनेछ आजको मौसम

 |  आइतबार, माघ ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ६, २०८१

vianetvianet

काठमाडौं- हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराई क्षेत्रमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदलीको सम्भावना रहेको छ। 

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाका अनुरोध छ।

प्रकाशित: Jan 19, 2025| 07:58 आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्