शुक्रबार, साउन २, २०८२

सडक दुर्घटनामा दुई दिनमा ११ जनाको मृत्यु 

 |  शनिबार, माघ ५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ ५, २०८१

vianetvianet

शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक, बाँके, स्याङजा, पूर्वी नवलपरासी, धादिङ, म्याग्दी र रुपन्देही जिल्लामा दुर्घटना भएका छन्। 

सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सुनकोशी गाउँपालिका–६ थुमपाखरस्थित सडकमा मधेश प्र.०३–००२ ख ०५३४ नम्बरको ट्रकले बा प्र.०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०४८ प ७५३९ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा बा प्र.०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकल चालक लिसंखुपार गाउँपालिका–७ डाडाँपाखर बस्ने ३७ वर्षीय दावा छिरिङ लामाको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जना सन्धु सदाबहार खाडिचौरमा उपचार पश्चात डिस्चार्ज भएका छन्। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

म्याग्दीको बेनी नगरपालिका–६ जरबुट्टास्थित सडकमा बेनीबाट जरबुट्टातर्फ जाँदै गरेको ग.१ ज ५९९१ नम्बरको बोलेरो जिप गए राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

धादिङ, थाक्रे गाउँपालिका–८ चारकिलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको गए राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय साईबाबा सामुदायिक अस्पताल धार्के हुँदै ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो। 

नवलपरासी पूर्व, कावासोती नगरपालिका–३ सभापतिचोकस्थित सडकमा दिल्लीदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६८३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय मान बहादुर सुनारको शुक्रबार बेलुकी मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिवनसिटी अस्पताल हुँदै नँया मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका–५ चाँदनी चोकस्थित सडकमा बा.१५ च ९१४ नम्बरको स्कार्पियोले ना.३२ प ४३८६ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कार्पियोमा सवार मध्यबिन्दु नगरपालिका–१२ नवलपुर बस्ने २१ वर्षीया प्रिति ग्रन्जा मगरको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुर चितवन हुँदै ग्राण्डी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देही, तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोलस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.१४ प ८४३९ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा स्कुटरमा सवार भारत पश्चिम चम्पारण बिहार घर भई रूपन्देही बुटवल उपमहानगरपालिका–११ देविनगर बस्ने १८ वर्षीय रन्जित कुमार दास र २५ वर्षीय किसान कुमार दासको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका रन्जित कुमार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो भने किसान कुमारको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रूपन्देही, बुटवल उपमहानगरपालिका–२ मनकामना मन्दिरस्थित सडकमा प्रदेश ३–०२–०१४ प २१९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक हाल नाम र ठेगाना नखुलेको अन्दाजी २५ वर्षीय पुरूषको मृत्यु भएको छ। 

स्याङ्जा, आँधीखोला गाउँपालिका–५ कृषिस्थित सडकमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग.१ क ५१३९ नम्बरको  टिपर शुक्रबार राति दुर्घटना हुँदा चालक पर्वत कुश्मा नगरपालिका–१४ बस्ने ३७ वर्षीय चन्द्र बहादुर नेपालीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

बाँके, राप्तीसोनारी गाउँपालिका–२ टिक्लीपुरको ओरालोस्थित सडकमा हरिहरपुरबाट टिक्लीपुरतर्फ जाँदै गरेको भे.१२ प २६२० नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा चालक राप्तीसोनारी गाउँपालिका–८ धरमोती बस्ने २९ वर्षीय सुरज थारू र मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ राजपुर बस्ने ४० वर्षीया सिता कुमारी थारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुर हुँदै नर्सिङहोम नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jan 18, 2025| 20:32 शनिबार, माघ ५, २०८१
प्रतिक्रिया दिनुहोस्