बिहीबार, जेठ २१, २०८३

निर्माणाधीन द्रुतमार्गको निरीक्षणमा पुगे राष्ट्रपति

 |  शुक्रबार, माघ ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ४, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं-तराई-मधेश द्रुतमार्गको निरीक्षण गरेका छन्। त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिए। उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ।

काठमाडौं-ललितपुर-मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ। पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: Jan 17, 2025| 16:00 शुक्रबार, माघ ४, २०८१
प्रतिक्रिया दिनुहोस्