बुधबार, साउन २७, २०८३

बारामा १ लाख १८ हजार २ सय ९६ मेट्रिक टन आलु उत्पादन

 |  शुक्रबार, माघ ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ४, २०८१

बारा- बारामा ७ हजार ४ सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ। 

बाराको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पकेट क्षेत्र भए पनि जिल्लाका सबै क्षेत्रमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए। 

उक्त क्षेत्रफल जगामा किसानले विभिन्न जातका आलुखेती गरेकामा गत वर्ष प्रतिहेक्टर १५ दशमलव ९ प्रतिशतले कुल १ लाख १८ हजार २ सय ९६ मेट्रिक टन आलु उत्पादन गरेको ज्ञान केन्द्रका अर्थविज्ञ गणेश महराले बताए। रासस 

प्रकाशित: Jan 17, 2025| 18:01 शुक्रबार, माघ ४, २०८१
प्रतिक्रिया दिनुहोस्