आइतबार, असार ७, २०८३

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय

 |  शुक्रबार, माघ ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ४, २०८१
National life
Shivam cement

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ। उनकी पत्नी बुशरा बीबीलाई पनि ७ वर्षको जेल सजाय सुनाइएको छ।

शुक्रबार रावलपिन्डीको आदियाला जेल अदालतले इमरान खान र उनकी पत्नीलाई अलकादिर ट्रस्ट सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै जेल सजाय हुने फैसला सुनाएको हो।

पूर्वप्रधानमन्त्री खान अहिले पनि जेलमै छन्। अदालतले उनी र उनकी पत्नीविरुद्ध १९० मिलियन पाउण्ड जरिवानाको सजाय पनि सुनाएको छ।

प्रकाशित: Jan 17, 2025| 13:59 शुक्रबार, माघ ४, २०८१
प्रतिक्रिया दिनुहोस्