शनिबार, पुस ५, २०८२

सर्केगाडका ३३ घरधुरीलाई फाइबर सिरक

 |  शुक्रबार, माघ ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ४, २०८१

National life
Laxmi sunrise bank
kumari

सिमकोट- हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका-१ देखि ८ वडाका ३३ घरधुरीलाई फाइवर सिरक सहयोग गरिएको छ। श्री सत्य साई केन्द्र हुम्लाले विपन्न परिवारलाई सिरक सहयोग गरिएको नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति वसन्त रोकायाले बताए।

सर्केगाडको वडा नम्बर ८ को राहदेबमा दुई, वडा नम्बर ७ को रोडिकोडमा आगलागी पीडितलाई १९, वडा नम्बर ६ बराईमा दुई, वडा नम्बर ५ गोठीमा तीन, वडा नम्बर २ मा दुई, वडा नम्बर ३ उनापानी दुई, वडा नम्बर ४ मा तीन, वडा नम्बर ८ मा दुई वटा सिरक वतरण गरिएको हो।

अतिविपन्न, गरिब, आगलागीपीडितलाई सानो भएपनि सहयोग गरिएको उपसभापति रोकायाले बताए। यस्तै सिमकोट गाउँपालिकामा रहेका आगलागीपीडित, विपन्न, गरिबलाई पनि वितरण गरिने भएको रोकायाले बताए।

प्रकाशित: Jan 17, 2025| 08:17 शुक्रबार, माघ ४, २०८१
प्रतिक्रिया दिनुहोस्