शुक्रबार, साउन २, २०८२

ललितपुरका यी स्थानमा आज साढे ६ घन्टा विद्युत अवरूद्ध हुने

 |  शुक्रबार, माघ ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ४, २०८१

vianetvianet

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९:३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो।
 
प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मंगलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ। बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ।

प्रकाशित: Jan 17, 2025| 07:58 शुक्रबार, माघ ४, २०८१
प्रतिक्रिया दिनुहोस्