शनिबार, पुस ५, २०८२

स्वीट्जरल्याण्डबाट विश्व शान्तिको उद्घोष गर्दै नेपाली

 |  बिहीबार, माघ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ३, २०८१

काठमाडौं- स्वीट्जरल्याण्डको डेभोसमा हुने वर्ल्ड इकोनोमिक फोरम समारोहमा 'युनिभर्सल पिस सेन्चुरी' को उद्घाटन हुने भएको छ। विश्व शान्तिका लागि यही जनवरी २१ तारिखमा हुने समारोहमा यसको उद्घाटन हुने भएको हो।

National life

लुम्बिनीमा निर्माणाधिन सेन्चुरीले संसारका विविध जटिल समस्याहरुको समाधानका लागि वार्ता तथा छलफल गर्ने, भगवान गौतम बुद्धको उपदेशलाई संसारभर फैलाउने जस्ता पवित्र उद्देश्यसहित युनिभर्सल पिस सेन्चुरी गठन गर्न लागिएको बौद्ध धर्मगुरु श्याल्पा रिन्पोछेले जानकारी दिए। 

७० देशका करिब १ लाख व्यापारी सहभागी हुने वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन स्वीट्जरल्याण्ड जाने तयारीमा रहेका धर्मगुरु रिन्पोछेले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विश्वभरका मानवलाई शान्तिको मार्गमा डोर्‍याउँदै नेपालको विकासमा पनि हातेमालो गर्न सेन्चुरी गठन गरिएको बताए।

रिन्पोछेले भने, 'यो अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५० भन्दा बढी राजनीतिज्ञले केही दिनमै ऐक्यबद्धता जाहेर गर्नुभएको छ। युनेस्कोको विश्व सम्पदा क्षेत्रमा परेको लुम्बिनीले आशाको दीप बनी संसारभर शान्तिको सन्देश फैलाउनेछ। यसले केवल नेपालीको मात्रै नभई सम्पूर्ण मानव जातिको दिगो विकास र समृद्धिको बाटो खोल्नेछ।'

विश्व शान्ति अभियान अन्तर्गत बुद्ध जन्मस्थल लुम्बिनीमा ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको ४४ मिटर उचाइको चार तले विश्व शान्ति धामको निर्माण भइरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 16, 2025| 20:02 बिहीबार, माघ ३, २०८१
प्रतिक्रिया दिनुहोस्