बुधबार, साउन १३, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - आज पुस २२ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

एक अर्बमा दुई रेल किन्दै सरकार, कहिले आउँछ नेपाल ? 

जयनगर रेल सञ्चालन हुन अझै चार महिना कुर्नुपर्ने भएको छ । डिसेम्बर २०१८ बाटै रेल सञ्चालन हुने बताइए पनि पूर्वाधार तयार नहुँदा जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउन नसकेको हो ।

नेविसंघ विघटनको संघारमा  : विधानको धज्जी उठाउँदै कांग्रेस शीर्ष नेता

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्य समितिको कार्यकाल सकिएको पाँच महिना भएको छ। विधानअनुसार संघको महाधिवेशन दुईदुई वर्षमा हुनुपर्ने हो। तर कार्यकाल सकिएको पाँच महिना बित्दा पनि संघको अधिवेशन हुने संकेत देखिएको छैन। 

पढेका कम्युनिस्ट ठीक कि देखेका?

विकिपेडियाले भन्छ – राजनीतिशास्त्र र समाजशास्त्रमा कम्युनिज्म भनेको त्यस्तो दार्शनिक, राजनीतिक, सामाजिक र आर्थिक विचार एवं आन्दोलन हो जसले अन्तिम उद्देश्य उत्पादनका साधनहरुमा साझा अधिकार स्थापित गर्दै वर्गविहीन राज्य र समाज निर्माण गर्ने अन्तिम लक्ष्य राख्दछ। 

बिपिएल : डेब्यु खेलमा सन्दिपको २ विकेट

नेपाली राष्ट्रिय टोलीका लेगब्रेक स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बिपिएल) टी-२० क्रिकेटको डेब्यु खेलमा २ विकेट लिएका छन् ।

हाब्रेको छालासहित जाजरकोटमा दुई जना प्रक्राउ

दुर्लभ बन्यजन्तु हाब्रे अर्थात रेडपान्डाको छालासहित जाजरकोटमा दुई जना प्रक्राउ परेका छन्। पक्राउ पर्नेमा नलगाड नगरपालिका ५ कालिमाटीका २५ वर्षीय गणेश सुनार र सोही ठाउँका २५ वर्षीय युवराज बिक रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

कांग्रेस अवरोधले संसद् बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि प्रश्नोत्तर गर्न नदिइएको भन्दै नेपाली कांग्रेसले आइतबार संसद्को रोस्ट्रम घेरेको छ। प्रधानमन्त्रीको सम्बोधन गरेलगत्तै सभामुख कृष्णबहादुर महराले मिनेन्द्र रिजाललाई बोल्न समय दिइए पनि रिजालले सदुपयोग गरेनन्। त्यसपछि धेरैले प्रश्न सोध्न पाउनुपर्छ भन्दै कांग्रेस सांसदहरूले कुर्सीबाजी उठेर विरोध जनाएका थिए।

एउटै माछाको मूल्य ३४ करोड ७२ लाख 

जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु ३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । 

परराष्ट्र नीतिको निर्माणका लागि राष्ट्रिय संवाद आवश्यक : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आम सहमतिमा मुलुकको परराष्ट्र नीतिको निर्माण गर्न राष्ट्रिय संवाद गर्नु आवश्यक रहेको बताएका छन्। आफ्नो कार्यकालको दश महीनाको समीक्षा गर्दै मन्त्री ज्ञवालीले उत्तराधिकारीका रुपमा आफूले विभिन्न समस्या पाएको र अहिले मुलुकले स्वस्थ र सन्तुलित परराष्ट नीति अवलम्बन गर्दै राष्ट्रिय हित अनुकूल परराष्ट्र सम्बन्धको विकास गरिरहेको दाबी गरे। 

मलेसियाका राजाले गरे गद्दी त्याग गरेको घोषणा

मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन्। यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ। 

गायक फूलाराले ल्याए ‘हुरी सरी’

गायक हरिदत्त फुलाराको नयाँ  आधुनिक गीत  बजारमा आएको छ। फुलाराले ‘हुरी सरी उडि रहन्छ कता कता...’ बोलको गीत बजारमा ल्याएका हुन्। 

शेयर बजार सात विन्दुले घट्यो

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ। 
 

कोसी टप्पुमा पानी चराको गणना शुरु

चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ ।

बैतडी र दार्चुलामा गयो भूकम्प

सुदुरपश्चिम प्रदेशको बैतडी र दार्चुला जिल्लामा भूकम्प गएको छ । 

भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको हो । भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति १० बजेर १ मिनेटमा ४ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा रहेको केन्द्रले जनाएको छ । 

जन्म दिनमा चकलेट बाड्न निषेध

पाल्पाको एक विद्यालयमा जन्मदिनका अवसरमा चक्लेट बाड्न निषेध गरिएको छ। रामपुर वडा नं. १० रामटारस्थित जङ्क फूड (पत्रु खाना) निषेध गरिएको जनकल्याण माध्यामिक विद्यालयमा जन्मदिनमा चकलेट दिने विद्यार्थीलाई कारवाही गरिने प्रधानाध्यापक आनन्दप्रसाद भण्डारीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।