शनिबार, पुस ५, २०८२

६० लाख धरौटी बुझाएर रिहा भएपछि रविले भने- न्याय मरेको छैन

 |  बुधबार, माघ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको टिप्पणी गरेका छन्।

National life

सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानले अदालतप्रति सम्मान रहेको बताए।

उनले भने, 'यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ।' रविको ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी प्रभु बैंकले दिएको थियो। बैंक ग्यारेन्टीको प्रक्रिया पूरा गरेर साँझ ७ बजे लामिछाने थुनामुक्त भएका हुन्।

यसअघि उनलाई जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। 
 

प्रकाशित: Jan 15, 2025| 19:28 बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्