शनिबार, पुस ५, २०८२

दुई जिल्ला अदालतको धरौटीमा गयो रविको सवा करोड

 |  बुधबार, माघ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति तथा निलम्बित सांसद रवि लामिछानेले काठमाडौं जिल्ला अदालतमा धरौटीबापतको रकम बुझाएका छन्। 

National life

लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका हुन्। बैंक जमानत बुझाएर उनी छुटेका छन्।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आजमात्रै अदालतले आदेश दिएको थियो। 

थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सो आदेश दिएको हो। 

यसअघि गत शुक्रबार उनी कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुटेका थिए। दुई अदालतमा गरी उनले एक करोड २५ लाख रुपैयाँ धरौटी बुझाएका छन्।

Laxmi sunrise bank
kumari

रविविरुद्ध अझै तीन जिल्लामा अनुसन्धान हुन बाँकी छ। चितवन, रुपन्देही र पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनले अब तीनै जिल्लामा गएर अदालतमा बयान दिनुपर्नेछ। यसैगरी तीनै जिल्लामा थुनछेक बहस हुनेछ र उनलाई साधारण तारेख, धरौटी वा पुर्पक्ष के हुने भन्ने आदेश हुनेछ।

काठमाडौं जिल्ला अदालतले कास्कीकै नजिर पछ्याउँदै धरौटीमा छाड्ने आदेश दिएको छ। धरौटी रकम पनि कास्कीले मागेको भन्दा ५ लाख कम छ। अन्य जिल्लामा पनि यस्तै हुन्छ वा अन्य केही भन्न सकिँदैन।

रविविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ। 

कास्कीमा रवि धरौटी बुझाएपछि छुटेर आफैं काठमाडौंको अदालतमा हाजिर भएको हुँदा अन्य जिल्लामा पनि त्यही गर्ने अनुमान गरिएको छ।

प्रकाशित: Jan 15, 2025| 18:18 बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्