बुधबार, साउन १३, २०८३

नगर प्रमुखले गरे २२ कठ्ठा सार्वजनिक जमिन निजीकरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सप्तरी बासीहरुले बोदे बर्साइन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंहले सरकारी जग्गा शक्तिको दुरुपयोग गरी आफ्नो नाममा निजीकरण गर्न खोजेको आरोप लगाएका छन्। आइतबार रिपोेर्टर्स क्लबमा सप्तरी जिल्ला बोदे बर्साईन नगरपालिका नगरस्तरीय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै इन्जिनियर आलोक यादवले उक्त  आरोप लगाएका हुन्। 

उनले नगरप्रमुख आतेशकुमार सिंहको बुवा अनिरुद्धप्रसाद सिंह यादवको नाममा रहेकोे २२ कठ्ठा जमिन हाल वडा कार्यालयले भोगचलन गर्दे आएको जमिन निजीकरण गर्न लागेको बताए। सो जमिन मेयरका बुवाको नाममा भएपनि मञ्जुरीनामाको लागि कागज भइसकेको छ। नामसारी भने अहिलेसम्म नगरेको आरोप लगाएको उनको छ।

उनका अनुसार सरकारी २२ कठ्ठा जमिन निजीकरणको प्रयास भैरहेको छ। मेयरका हजुरबुवा स्वर्गीय शत्रुधनप्रसाद सिंह यादवले २०२६ सालमा तिन गुणा बढी पैसा लिएर गाविसलाई बिक्री गरेका थिए तर उक्त जमिन पहिला नै बैंकमा धितो रहेका कारण नामसारी हुन सकेको थिएन।

त्यही जमिनको विषयलाई लिएर समितीका सदस्यमाथि सांघातिक आक्रमण र अपहरणको प्रयास भएको छ। उनले अख्तियारमा पनि सो सम्बन्धमा निवदेन दर्ता गराइसकेको जानकारी दिए।

कार्यक्रममा बोल्दै संर्घष समितिका सदस्य ई. धनकिशोर शाहले आफुलाई  नगर प्रमुख सिंहका केही व्यक्तिहरुले आक्रमण गरेको दाबी गरे। आक्रमणकारीहरु हाल फरार रहेको र प्रहरी खोजी कार्यमा रहेको पनि उनले जानकारी गराए। उनले भने,‘सार्वजनिक जग्गा सम्बन्धि विवरण जिल्ला प्रशासन कार्यालयले पनि माग गरेको छ। तर, विवरण दिइएको छैन।’

कार्यक्रममा ई. अशोककुमार शाहले सरकारी जमिन कुनै व्यक्तिको नाममा नजाओस भन्दै आफुहरुले संर्घष समितीको गठन गरेको बताए।

वडा कार्यालयले भोगचलन गर्र्दे आएको सम्पति र भौतिक संरचनाहरु (वडा कार्यालयकोमा कृषि सेड, पशुसेवा भवन, पोखरी, नेपाल टेलिकमको टावर, गोरु हाट) लगायतको सम्पति नगरपालीकाको मेयर आतेश कुमारसिंहको आमा–बुवाको नाममा रहेको संघर्ष समितिको भनाइ छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्