शनिबार, पुस ५, २०८२

मादी नदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु

 |  बुधबार, माघ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१

तनहुँ- साना सहरी खानेपानी सरसफाइ आयोजना र दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहलगानीमा दोस्रो मादी लिफ्ट खानेपानी योजना सुरु भएको छ।

National life

यसअघि सम्पन्न पहिलो योजनाबाट दैनिक ३२ लाख लिटर पानी वितरण भइरहेको छ। वितरित पानी बजार क्षेत्रमा अपुग देखिएपछि दोस्रो खानेपानी योजना निर्माण अघि बढाइएको हो।

मादी नदी किनारमा इनार निर्माण सम्पन्न गरी पाइपलाइन विस्तार तीव्र रूपमा भइरहेको संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिए। उनका अनुसार आयोजनाको ७० र संस्थाको ३० प्रतिशत गरी एक करोड ८० लाख रूपैयाँ लागत रहेको छ।

'दोस्रो मादी लिफ्ट योजना सम्पन्नपश्चात् दैनिक आठ लाख लिटर पानी थप हुनेछ', व्यवस्थापक गिरीले भने, 'यसपछि पानी वितरणमा सहज हुने अपेक्षा लिएका छौँ।' खानेपानीको समस्या भोग्दै आएका मालपोत लाइन, सत्यवती लाइन र देउराली नगर क्षेत्रका बासिन्दालाई ६ इञ्चको पानी सिधै ट्यांकीबाट वितरण गर्न लागिएको संस्थाले जनाएको छ।

मादीनदी सम्पवेलबाट बाघभञ्ज्याङ, डाँग्रीखोल्सीलगायत क्षेत्रमा दुई हजार पाँचसय मिटर क्षेत्रमा पाइपलाइन विस्तार कार्य भइरहेको संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए। उनले भने, 'पानी छोड्ने र बन्द गर्ने कार्यलाई सहज बनाउन मादीनदी किनारमा ‘गार्ड हाउस’ निर्माण गरिनेछ।'

Laxmi sunrise bank
kumari

सदरमुकाम दमौली बजार क्षेत्रमा हुनसक्ने आगलागीका घटनालाई मध्यनजर गर्दै तीन स्थानमा खोल्न र पानी भर्न मिल्ने ठाउँ राखेर दमकलमा पानी भर्ने व्यवस्था मिलाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

मादी नदीमा निर्माण गरिएको योजनाको खानेपानी तथा ढल व्यवस्थापन विभागका आयोजना निर्देशक राजेन्द्र सापकोटासहित सरोकार भएका निकायका प्रतिनिधिको टोलीले निरीक्षण गरेका थिए। संस्थाले व्यास नगरपालिका-२, ३, ४ मा गरी चार हजार उपभोक्तालाई दैनिक पानी वितरण गर्दै आएको छ। रासस

प्रकाशित: Jan 15, 2025| 19:31 बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्