सोमबार, साउन १२, २०८२

आशिका तामाङ पाँच दिन प्रहरी हिरासतमा रहने

 |  बुधबार, माघ २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१

vianetvianet

काठमाडौं- पशुपति विकास कोषका पदाधिकारी तथा कर्मचारीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

जाहेरीपछि तामाङलाई प्रहरीले बुधबार स्वयम्भूबाट पक्राउ गरेको हो। जिल्ला प्रशासन कार्यालयमा पेस भएकोमा अनुसन्धानका लागि पाँच दिनको म्याद दिइएको प्रहरीले जनाएको छ। तामाङ पछिल्लो समय अभियन्ताका रूपमा सक्रिय छिन्। उनका कार्यशैली विवादमा पनि पर्दै आएका छन्।

कोषका सफाइका कर्मचारीको करार थप नगरेको विषयलाई लिएर तामाङसहितको समूहले गत २८ पुसमा अभद्र व्यवहार गरेको भनेर जाहेरी परेको थियो। विरोध प्रदर्शनमा खटिएका प्रहरीलाई समेत उनले गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो।

 

प्रकाशित: Jan 15, 2025| 16:56 बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्