बुधबार, माघ २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जलचर जोगाउन जुट्यो समुदाय

 |  बुधबार, माघ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१

ntc landingntc landing

बागलुङ- काठेखोला गाउँपालिकाले समुदायकै नेतृत्वमा जलचर संरक्षण गर्ने तयारी थालेको छ। समुदायको सक्रियता र सहभागिताबिना कानून र कारबाहीले मात्र जैविक विविधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुने गरी कानून बनेको हो।

himalayan bank box

गाउँपालिकाले १६औँ गाउँ सभाबाट पारित गरेको ‘जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन’ ले संरक्षणका लागि समुदायको सहभागिता हुने व्यवस्था गरेको हो। अवैधानिक रूपमा जलचरको उपयोगले जलचर लोप हुने खतरा बढेपछि गाउँपालिकाले जलचरको संरक्षण र उपयोग गर्ने कानुन बनाएको हो। ऐन बनेसँगै गाउँपालिकाभित्रका खोलानालाका जलचर तथा जलीय जैविक विविधताको संरक्षणका लागि कार्यविधि बन्ने गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताए।

उक्त नीतिअनुसार विपन्न र बेरोजगार तथा परम्परागत रूपमा पेसा अँगालेका नागरिकलाई मात्र जलचरको उपयोग गर्न दिइनेछ। माछा, गंगटालगायत जलचरको प्रजननका समय र संकटको समयमा उपभोगमा रोक लगाउने विषय नीतिमा उल्लेख छ। “कानूनको कसी र कारबाहीले मात्र संरक्षण सम्भव छैन, त्यसैले हामीले खोला छेउका बस्तीको सक्रियता र सहभागिता हुने गरी समूहमार्फत संरक्षणको नीति ल्याएका छौँ”, उपाध्यक्ष थापाले भने, “किन जोगाउने, नजोगाउँदा समुदायलाई कस्तो असर पर्छ भन्ने बुझाउन पनि उनीहरूकै सहभागिता आवश्यक छ।” 

गाउँ सभाले काठे खोला गाउँपालिकाका कर्मचारीको व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ। कर्मचारीको व्यवस्थापन, वृत्ति विकासमा सहयोग पुर्‍याउन र काम गर्ने मनोबल विकास गर्ने गरी ऐन बनेको हो। गाउँ सभाले विद्यालय व्यवस्थापक कार्यक्रम कार्यविधि पनि पारित गरेको छ।  

विविध क्षेत्रका १२ जनालाई सम्मान 
गाउँपालिकाभित्र विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्ति तथा संस्थालाई काठे खोला गाउँपालिकाले १६औँ गाउँ सभामा सम्मान गरेको छ। गाउँपालिकाको गरिमा बढ्ने गरी योगदान गरेको भन्दै शिक्षा, कृषि, उद्योग, सञ्चारलगायत क्षेत्रका व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो।

गाउँपालिकाले एसइई र कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा ल्याएको भन्दै धारा माध्यमिक विद्यालय र राष्ट्रपति रनिङ शिल्ड जितेको अमर माविलाई सम्मान गरेको छ। साना उद्योगमार्फत रोजगारी सृजना गरेको भन्दै फर्निचर व्यवसायी पूर्णबहादुर थापा सम्मानित भएका छन्। कृषितर्फ अलैँची उत्पादक किसान भीमबहादुर जोल्मी, फलफूल उत्पादक किसान गोरी थापा, पशुपालक किसान लालबहादुर घर्ती, सुन्तला उत्पादक किसान लोकनाथ कँडेल, रैथाने बाली उत्पादक किसान लीलाधर कँडेल र चिया उत्पादक किसान यामबहादुर कार्कीलाई सम्मान गरिएको छ। 

त्यस्तै उद्योगतर्फ पशुपति कपी उद्योगका सञ्चालक राजु सापकोटा र सञ्चारतर्फ गुहेली सञ्चार सहकारीका अध्यक्ष खिमबहादुर कार्कीलाई सम्मान गरिएको छ। कार्की अध्यक्ष रहेको सहकारीले काठे खोला नै कार्यक्षेत्र बनाएर जननिगरानी साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएको छ भने पत्रिकाले गाउँपालिकाका गतिविधि नियमित प्रकाश गर्दै आएको छ।

प्रकाशित: Jan 15, 2025| 21:01 बुधबार, माघ २, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्