काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ।
नेपाल अर्वुदरोग विजेता समाजबाट शनिबार काठमाडौंमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो। सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजनाका लागि सहयोग गरेको मेगा बैंकले जनाएको छ।
काठमाडौँको सुविधानगर तीनकुनेस्थित मेट्रो आइकेयरमा आयोजना गरिएको शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरुको उल्लेख्य सहभागिता थियो। यसैगरी, महिला तथा पुरुष दुबैका लागि आयोजना गरिएको आँखा शिविरबाट सयौंंले परामर्श र उपचार पाएका छन् । शिविरमा मेगा बैंकका ग्राहक तथा उनीहरुका परिवारको बढी सहभागिता थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४