बुधबार, साउन २७, २०८३

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात

 |  बुधबार, माघ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१

काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतमा हातपात भएको छ।

बुधबार सूर्यदर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षका तर्फबाट बहस गरेर फर्किने क्रममा उनीमाथि अदालत परिसरमै हातपात भएको हो।

बबरमहलस्थित अदालत परिसरमा रास्वपा कार्यकर्ताले त्रिपाठीमाथि हातपात गरेको बताइएको छ। रविलाई साधारण तारेखा छाड्ने, धरौटी माग्ने वा पुर्पक्षमा पठाउने भन्नेबारेमा आज आदेश आउने सम्भावना छ।

रविको मुद्दाबारे आदेश आउने भएपछि रास्वपा र रविका समर्थक अदालत आसपास बाक्लो संख्यामा उपस्थित भएका छन्।

प्रकाशित: Jan 15, 2025| 16:41 बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्