बिहीबार, जेठ २१, २०८३

रविलाई सामान्य तारेख, धरौटी वा पुर्पक्ष ? आदेश आउँदै

 |  बुधबार, माघ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले आजै आदेशको तयारी गरेका छन्।

National life

जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसमा आज रविको तर्फबाट बहस भएको थियो। पूर्व महान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठ तथा अभिवक्ताहरु सुरज बस्नेत र सुरेन्द्र थापाले रविको पक्षबाट बहस गरेका छन्।

रविले पनि आफ्नो कुरा राख्न पाँच मिनेटको समय मागेका थिए। न्यायाधीश माधवप्रसाद अधिकारीले पहिलेको कुरा नदोहोर्याउन आग्रह गर्दै बोल्न समय दिएका थिए। रविले आफूले पाएको १५ प्रतिशत सेयरबारे प्रष्ट्याएका थिए।

रविलाई सामान्य तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने विषयमा आजै आदेश आउने बताइएको छ।

रवि हालैमात्र कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुटेका हुन्।

Shivam cement

प्रकाशित: Jan 15, 2025| 16:29 बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्