बुधबार, माघ २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

 |  बुधबार, माघ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१

ntc landingntc landing

सिराहा, नरहा गाउँपालिका-३ चौहर्वास्थित सडकमा स.१ प ९४६३ नम्बरको मोटरसाइकल र प्र.१.०२-०५५ प ६१२३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स.१ प ९४६३ नम्बरको मोटरसाइकल चालक मिर्चैया नगरपालिका-१० बस्ने ४५ वर्षीय रघुबिर मण्डलको मृत्यु भएको छ।

himalayan bank box

दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका प्र.१.०२-०५५ प ६१२३ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ भने सोही मोटरसाइकलमा सवार १ जनाको लाईफ लङ अस्पताल गोलबजारमा उपचार भइरहेको छ।

बाँके, राप्तीसोनारी गाउँपालिका-७ सर्रास्थित सडकमा भे.१ ख ३७७४ नम्बरको बस र भे.६ प ८८३६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय दिल बहादुर थारू र मोटरसाइकलमा सवार २५ वर्षीय राजन थारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

बारा, फेटा गाउँपालिका-३ फेटा बजारस्थित सडकमा प्र.२-०३-००१ त २७७६ नम्बरको ट्याक्टरले बीआर ०५ एएफ ०६४३ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक भारत बिहार राज्य मोतिहारी बस्ने ३० वर्षीय मिन्टु रामको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी बारा, जीतपुर सिमरा उपमहानगरपालिका-२ स्थित सडकमा जीतपुरबाट सिमरातर्फ आउँदै गरेको ना.२८ प ९३४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक पर्सा वीरगंज महानगरपालिका-३१ बस्ने २२ वर्षीय सुशान्त चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका
मोटरसाइकलमा सवार १ जनाको एभरग्रीन तराई अस्पताल सिमरामा उपचार भइरहेको छ।

यसैगरी बारा, महागढीमाई नगरपालिका-७ तेलकुवास्थित सडकमा बिआर ०५ एक्स ७९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक भारत बिहार मोतिहारी आन्द्रा बस्ने ३८ वर्षीय रामबाबु पाठकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो।

नुवाकोट, बेलकोटगढी नगरपालिका-७ महादेवफाँटस्थित सडकमा प्र.३-०६-०१ प ४६४१ नम्बरको मोटरसाइकल र बा.८४ प ३८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा बा.८४ प ३८३६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-७ रातोमाटे बस्ने १८ वर्षीय आयुष अर्यालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल भारत मैत्री अस्पताल चाबहिल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो। प्र.३-०६-०१प ४६४१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-७ भलवारीस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.९६ प १० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सियारी गाउँपालिका-१ कैलाशनगर बस्ने ३० वर्षीय भरत केसीको मंगलबार बेलुकी मृत्यु भएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।

बर्दिया, बारबर्दिया नगरपालिका-५ बर्दियागाउँस्थित सडकमा भे.१२ प ५४४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ औरी बस्ने २२ वर्षीय बिनोद थारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

मोरङ, बुढीगंगा गाउँपालिका-२ सक्मास्थित सडकमा प्रदेश १-०२-०४५ प ९३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका-४ बस्ने २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो।

पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ कर्वोलास्थित सडकमा ना.२८ प ३८१९ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय सुदर्शन चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 15, 2025| 12:20 बुधबार, माघ २, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्