बिहीबार, जेठ २१, २०८३

७० वर्ष नाघेका पत्रकारले पेन्सन पाउने

 |  बुधबार, माघ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१
National life
Shivam cement

खोटाङ- नेपाल पत्रकार महासंघ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ।

शाखाको जिल्ला कार्यसमितिको मंगलबारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन रकम प्रदान गर्ने निर्णय गरेको हो।

जिल्लामा क्रियाशील पत्रकारहरुलाई पत्रकारिता पेशामा टिकाइराख्न ७० वर्षभन्दा माथिका पत्रकारहरुलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पेन्सन कोष स्थापना गर्ने निर्णय भएको महासंघ खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताए।  पेन्सन कोष सञ्चालन कार्यविधि निर्माण गर्न महासंघ खोटाङ शाखाका तीन पूर्वअध्यक्षहरुलाई जिम्मेवारी दिने निर्णय भएको उनले जानकारी दिए।

प्रकाशित: Jan 15, 2025| 11:27 बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्