बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन्स बैंक प्रदेश ५ को प्रादेशिक कार्यालय आफ्नै  भवनमा

सिटिजन्स बैंक प्रदेश ५ को प्रादेशिक कार्यालय आफ्नै  भवनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपालगञ्ज – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश ५ को प्रादेशिक कार्यालय नेपालगञ्जस्थित आफ्नै भवनमा स्थापना गरेको छ। मुलुक संघीयतामा गइसकेपछि तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको बैंकका सहायक प्रमुख अधिकृत बोधराज देवकोटाले बताए।

प्रदेश ५ अन्तर्गत बैंकका ११ वटा शाखाहरु रहेका छन्। बैंकले प्रदेश ५ का बढैेयाताल, बंगलाचुली, भुमही, भुमे, बुटवल, छहरा, घोराही, झिमरुक, नेपालगञ्ज, सानोश्री तथा सिद्धार्थनगर लगायतका स्थानबाट सेवा दिइरहेको छ। 

बंैकले यसअघि प्रदेश १ को प्रादेशिक कार्यालय बिराटनगरमा, प्रदेश २ को प्रादेशिक कार्यालय बीरगंजको आदर्शनगरमा र प्रदेश ४ को प्रादेशिक कार्यालय पोखराको सिमलचौरमा सञ्चालनमा ल्याइसकेको छ। बैंकले देशैभर ८१ वटा शाखाबाट सेवा प्रदान गर्दैै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्