शनिबार, पुस ५, २०८२

रवि लामिछानेलाई आज पनि हिरासतमै पठाउन आदेश

 |  सोमबार, पुस २९, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस २९, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि हिरासतमै रहने भएका छन्। आज थुनछेक बहस नसकिएपछि न्यायाधीशले उनलाई प्रहरीसँगै पठाउने आदेश गरेका हुन्।

National life

लामिछानेले भने आफूलाई थुनामा नपठाउन अपिल गरेका थिए। थुनछेक बहसका क्रममा उनले आफैं अदालतमा आउने प्रतिबद्धता जनाएका थिए। तर न्यायाधीश माधवप्रसाद अधिकारीले प्रहरीकै जिम्मा लगाउन आदेश दिएका हुन्।

रवि आज भोलि पनि हिरासतमै रहनेछन्। भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै थुनछेकको बाँकी बहस हुनेछ।

 

प्रकाशित: Jan 13, 2025| 16:20 सोमबार, पुस २९, २०८१
प्रतिक्रिया दिनुहोस्