बुधबार, साउन २७, २०८३

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

 |  सोमबार, पुस २९, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस २९, २०८१

चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ।

कलेजोसम्बन्धी समस्या देखिएपछि एक सातादेखि उपचाररत शेर्पाको ६४ वर्षको उमेरमा आइतबार राति १२:१५ बजेतिर ग्रान्डी अस्पतालमा निधन भएको हो। 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लाका स्थायी बासिन्दा शेर्पा वाइल्डलाइफ फोटोग्राफीको क्षेत्रमा पछिल्लो पाँच वर्षयता अत्यन्त सक्रिय थिए। उनले नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र दुर्गम स्थानहरूमा पुगेर दुर्लभ वन्यजन्तुका अनौठा तस्बिर खिचेका थिए। 

उनले खिचेका जङ्गली याक, हिउँ चितुवा र बाघका तस्बिरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएका छन्। शेर्पा सामाजिक क्षेत्रमा पनि सक्रिय थिए। 

प्रकाशित: Jan 13, 2025| 11:32 सोमबार, पुस २९, २०८१
प्रतिक्रिया दिनुहोस्