शुक्रबार, साउन २, २०८२

हाडेभिर र खारा जोड्न झोलुंगे पुल निर्माण

 |  आइतबार, पुस २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २८, २०८१

vianetvianet

म्याग्दी- म्याग्दीको धवलागिरी र मालिका गाउँपालिको सिमाना भएर बग्ने म्याग्दी नदीमाथि झोलुंगे पुल निर्माण भएको छ।

धवलागिरि-७ हाडेभिर र मालिका-७ खारा जोड्ने म्याग्दी नदीमाथि एकसय एक मिटर लामो झोलुंगे पुल निर्माण भएको हो। ५७ लाख ८६ हजार चारसय ८८ रूपैयाँको लागतमा पुल निर्माण भएको धवलागिरि-७ का वडासदस्य रामबहादुर खत्रीले बताए।

पुल निर्माण भएपछि दुई घण्टाको घुमाउँरो बाटो १५ मिनेटमा छोटिएको छ। पुलबाट धारापानी, खारा, बिम, इल्पुका एकसय ७४ घरका एक हजार दुईसय ३३ जनसङ्ख्या लाभान्वित भएका छन्।

पुल निर्माणको कुल लागतमा ८५ प्रतिशत क्षेत्रगत झोलुंगे पुल कार्यक्रमको, १३ प्रतिशत धवलागिरि गाउँपालिका र दुई प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ। रासस

प्रकाशित: Jan 12, 2025| 18:31 आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्