बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने : प्रधानमन्त्री ओली

आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने : प्रधानमन्त्री ओली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– चालु अर्थिक वर्षमा आर्थिक वृद्धि ८ प्रतिशतले  हुने प्रधानमन्त्री केपी ओलीले बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले एस वर्ष अधिकांश आर्थिक सूचकहरु उकालो लागेकाले अपेक्षा अनुसार आर्थिक वृद्धि हासिल हुने बताए। 

विश्वका विभिन्न सर्वेक्षक संस्थाहरुले चालु आर्थिक वर्षमा पहिलो पटक पाँच प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने जनाइरहेको प्रधानमन्त्री ओलीले बताए। ‘त्यसकारण पनि आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने देखिन्छ,’ उनले भने। 

उनकाअनुसार ३२ प्रतिशत राजश्व संकलन भएको छ। १७ प्रतिशत बढी कुल निक्षेप वृद्धी भएको छ। १२ प्रतिशत बढी निर्यात बढेको छ। ‘भारत, जर्मन, संयुक्त राष्ट्र अमेरिकामा निर्यात बढेको छ,’ उनले भने, ‘धानको उत्पादन ९ प्रतिशतले बढेको छ।'

१७ तुइन विस्थापन हुने

प्रधानमन्त्री ओलीले चालु अर्थिक वर्षमा १७ ओटा तुइन विस्थापन गरी झोलुंगे पुलको निर्माण सम्पन्न हुने बताएका छन्। प्रधानमन्त्री ओलीले विगतमा १८७ ओटा पुल विस्थापन गर्ने घोषणा गरेकोमा हालसम्म ११३ ओटा विस्थापन भइ झोलुंगे पुल बनिसकेको बताए।

‘चालु आर्थिक वर्षमै १७ तुइन विस्थापन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘बाँकी कार्य समेत अघि बढ्नेछ।’ तुइन जनताको दैनिक जीवनसँग गासिएको उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्