बिहीबार, जेठ २१, २०८३

तिब्बत भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्यो

 |  मंगलबार, पुस २३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २३, २०८१

काठमाडौं- नेपाल, भारत र भुटानका विभिन्न स्थानमा समेत धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पका कारण तिब्बत क्षेत्रमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ। सयौं घरहरू भत्किएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

National life

नेपाल-चीन सीमामा अवस्थित सगरमाथा क्षेत्र नजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौं परकम्प मापन गरिएको छ। राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निच्युड ७ मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निच्युड थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ। चिनियाँ निकायहरूले भने उक्त भूकम्पको म्याग्निच्युड ६.८ भएको जनाएका छन्।

भूकम्प गएपछि तिब्बतको सिगात्से सहरमा सयौं भवन भत्किएका र १३० जना घाइते भएको सिन्ह्वाले जनाएको छ।

चिनियाँ राष्ट्रपति सी जिन पिङले क्षति कम गर्नका लागि पूर्ण स्तरको खोज र उद्धार प्रयास अनि प्रभावितहरूको पुनर्वासका लागि आह्वान गरेका छन्।

नेपालमा स्थानीय समयानुसार बिहान ६:५० बजे भूकम्पको धक्का महसुस गरिएको थियो।

Shivam cement

 

 

प्रकाशित: Jan 07, 2025| 14:11 मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्