बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भूकम्पबाट तिब्बतमा ३२ जनाको मृत्यु, सिन्धुपाल्चोकमा केही भौतिक क्षति

भूकम्पबाट तिब्बतमा ३२ जनाको मृत्यु, सिन्धुपाल्चोकमा केही भौतिक क्षति

 |  मंगलबार, पुस २३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २३, २०८१

नेपाल-तिब्बत सीमा नजिकै आज बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पले तिब्बतमा मानवीय क्षति भएको छ।

National life

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार हालसम्म ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ।

भूकम्पमा परी ३८ जना घाइते भएका छन् भने सयौं घर भत्किएका छन्।

भूकम्पको केन्द्र नेपाल नजिकै सिगात्से हो। भूकम्पको धक्का पूर्वी नेपाल, मधेश र काठमाडौं उपत्यकामा समेत केहीबेर महसुस गरिएको थियो। 

पूर्वमा अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन तर सिन्धुपाल्चोकमा केही क्षति भएको समाचार छ। 

Shivam cement

सिन्धुपाल्चोकमा फुल्पिङकट्टीमा एउटा प्रहरी भवनमा क्षति पुगेको छ। अन्य स्थानमा केही निजी घर भत्किएका बताइएको छ।

प्रकाशित: Jan 07, 2025| 10:20 मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्