सोमबार, चैत ९, २०८२

जंगली जनावरको आक्रमणबाट पाँच महिनामै ८३ जनाको मृत्यु

 |  मंगलबार, पुस २३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २३, २०८१

काठमाडौं- नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन्। यस्तै, जनावरको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका प्रहरीले जनाएको छ। 

National life

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले तीमध्ये सबैभन्दा बढी सर्पले डसेर मृत्यु तथा घाइते भएका बताए। उनका अनुसार सर्पले डसेर मात्रै ७० जनाको मृत्यु भएको छ भने पाँच सय ३२ जना घाइते भएका छन्। 
यस्तै, गैंडाको आक्रमणबाट चारको मृत्यु र १४ जना घाइते तथा बाघको आक्रमणबाट तीनको मृत्यु र २४ जना घाइते भएका छन्। हात्तीको आक्रमणबाट छ को मृत्यु र १४ जना घाइते तथा भालुको आक्रमणबाट १५ जना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

मुख्यगरी निकुञ्ज आसपास क्षेत्रका बस्तीमा वन्यजन्तुको आक्रमण हुने गरेको छ। जङ्गलमा घाँस दाउरा लिन र जङ्गली तरकारी खोज्न जाँदा वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएको जनाइएको छ। पछिल्लो समयमा भने बस्तीमै प्रवेश गरी वन्यजन्तुले हानी पुर्याउने गरेका छन्।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले आहाराको खोजी र विभिन्न कारणले बस्तीमा प्रवेश गर्ने वन्यजन्तु नियन्त्रणका लागि निकुञ्जले काम गरिरहेको बताए। पछिल्लो २४ घण्टामा पनि जनावरको आक्रमणका घटना भएका छन्।

जङ्गली हात्ती बस्तीमा प्रवेश गरी मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई जनाको घर भत्काएर खाद्यान्न खाइदिएको र दमकमा पनि हात्तीले एक घर भत्काएको प्रहरीले जनाएको छ। यस्तै बर्दिया, रौतहट र पाल्पामा पनि जङ्गली जनावरले घर तथा बाली नष्ट गरेको छ। भालुले आक्रमण गर्दा पाल्पामा एक जना घाइते भएका प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 07, 2025| 10:01 मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्