बुधबार, असार ३२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता

 |  आइतबार, पुस २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २१, २०८१

vianetvianet

काठमाडौं- स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा अदालतमा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो।

एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरी ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो। अभियुक्तध्ये एक रास्वपाका सभापति तथा प्रतिनिधि सभाका निलम्बित सांसद रवि लामिछाने पनि छन्।

काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको अनुसन्धान गरेर प्रतिवेदन गत बिहीबार वकिलको कार्यालयलाई बुझाएको थियो।

लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ। त्यहाँ उनको बयान सकिएर थुनछेक बहस भइरहेको छ।

प्रकाशित: Jan 05, 2025| 17:07 आइतबार, पुस २१, २०८१
प्रतिक्रिया दिनुहोस्