बुधबार, पुस २४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आँधीखोलामा तटबन्ध निर्माण

 |  आइतबार, पुस २१, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस २१, २०८१

ntc landingntc landing
himalayan bank box

वालिङ- नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ। गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो।

आँधीखोला गाउँपालिका, पुतलीबजार, भिरकोट र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलामा तटबन्धनको काम सुरु भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले बताए।

धेरै कटान भएका स्थानमा तटबन्धन गरिएको हो। सिँचाइ डिभिजन कार्यालय र पालिकासँगको सहकार्य र लागत साझेदारीमा तटबन्धन गरिएको जानकारी उनले दिए। आठ करोडको लागतमा थालिएको निर्माण आगामी २०८३ वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ।

प्रकाशित: Jan 05, 2025| 08:22 आइतबार, पुस २१, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्