बुधबार, असार ३२, २०८२

काठमाडौं र ललितपुरमा १-१ जना मृत फेला

 |  शनिबार, पुस २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २०, २०८१

vianetvianet

काठमाडौं र ललितपुरमा १-१ जना मृत फेला परेका छन्।

काठमाडौं महानगरपालिका-६ तिनचुलीस्थित निर्माणाधीन घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका-४ ईमाडोलस्थित खाली जग्गामा सिराहा घर भएका ३५ वर्षीय कुमार तोलङ्गे शनिबार मृत अवस्थामा फेला परेका छन्। 

उता कैलालीको गोदावरी नगरपालिका-१२ बाङ्गेसाल बस्ने ७० वर्षीय मोहन सिंह कामी सोही ठाउँस्थित मालाखेती शाखा नहरमा शनिबार मृत अवस्थामा फेला परेका छन्। 

यसैगरी हुम्लाको सिमकोट गाउँपालिका-४ भदु खोलामा सोही गाउँपालिका-४ हिल्दुम बस्ने ३८ वर्षीय चिरञ्जीवी शाही शनिबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित: Jan 04, 2025| 19:41 शनिबार, पुस २०, २०८१
प्रतिक्रिया दिनुहोस्