सोमबार, पुस २२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

११६ वर्ष बाँचेर बितिन् विश्वकै सबैभन्दा वृद्ध महिला

 |  शनिबार, पुस २०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस २०, २०८१

ntc landingntc landing
himalayan bank box

टोकियो- विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया शहरले शनिबार घोषणा गरेको छ ।

चार छोराछोरी तथा पाँच नातिनातिना भएकी इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी शहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए ।

उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो । स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो । -रासस/एएफपी
 

प्रकाशित: Jan 04, 2025| 17:48 शनिबार, पुस २०, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्