बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पिंगलास्थानमा युवती मृत भेटिएको घटना: भागेका भनिएका युवक पनि मृत फेला

पिंगलास्थानमा युवती मृत भेटिएको घटना: भागेका भनिएका युवक पनि मृत फेला

 |  शनिबार, पुस २०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस २०, २०८१

काठमाडौंको पिंगलास्थानस्थित एक होटलमा युवती मृत फेला परेको घटनामा फरार भनिएका पुरूष मृत फेला परेका छन्।

ओखलढुंगाको सुनकोशी गाउँपालिका-३ सिस्नेरीस्थित एक रूखमा देवकुमार थापा शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।

थापा आफ्नो घरदेखि अन्दाजी एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

गत बुधबार काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ मा सुस्मिता खड्का मृत फेला परेकी थिइन्। उनीसँगै थापा पनि नयाँ वर्षको अघिल्लो दिन त्यहाँ पुगेको प्रहरीको अनुसन्धानबाट देखिएको थियो। सुस्मिता मृत फेला पर्दा थापा भने त्यहाँ थिएनन्।

खोजी गर्ने क्रममा थापा पनि मृत फेला परेका हुन्। सुस्मिताको मृत्यु कसरी भएको थियो भन्ने प्रहरीले अझै अनुसन्धान गरिरहेको छ। उनको शरीरमा बाहिरी चोट देखिएको थिएन।

प्रकाशित: Jan 04, 2025| 17:44 शनिबार, पुस २०, २०८१
प्रतिक्रिया दिनुहोस्