शनिबार, पुस ५, २०८२

जाडो बिदामा शिक्षकलाई क्षमता विकास तालिम

 |  शनिबार, पुस २०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस २०, २०८१

काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयहरूका शिक्षकहरूलाई क्षमता विकास तालिम दिन थालेको छ।  

National life

‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई तालिमबाट क्षमता विकास गराउने उद्देश्यले तालिम दिन लागिएको महानगरपालिकाले जनाएको छ। 

यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरूलाई तालिम हुनेछ। पुस २३ गतेदेखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान र अर्थशास्त्रलगायतका विषयमा सिकाइ कक्षा सञ्चालन हुनेछन्। एसइई लक्षित सिकाइमा अवस्था अनुसार विद्यार्थीको वर्गीकरण गरिने महानगरपालिकाले जनाएको छ।  

यस्तै माघ ५ गतेदेखि ७ गतेसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र क्यारियर गाइड म्यापिङ तालिम हुनेछ। पुस २३ गतेदेखि २८ गतेसम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ताहरूको तालिम हुनेछ। माघ २ गतेदेखि ७ गतेसम्म कक्षा १ देखि ३ सम्मका शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कन सम्बन्धी तालिम हुनेछ। 

रचनात्मक विद्यालय विकास कार्यक्रमको खेलकुद प्रशिक्षण कार्यक्रम समेत पुस २४ देखि माघ ८ सम्म हुनेछ। 

Laxmi sunrise bank
kumari

यसरी सञ्चालन हुने तालिमले शिक्षकको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार दुवै पक्षमा सकारात्मक नतिजा ल्याउने भएकोले सहभागी हुन सम्बन्धितलाई महानगरपालिकाले आग्रह गरेको छ। सामुदायिक विद्यालयमा पुस १८ गते सुरु भएको बिदा माघ ८ गतेसम्म रहनेछ।

प्रकाशित: Jan 04, 2025| 11:44 शनिबार, पुस २०, २०८१
प्रतिक्रिया दिनुहोस्