सोमबार, पुस २२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दुइटा कार ठोक्किँदा चारजना घाइते

 |  शनिबार, पुस २०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस २०, २०८१

ntc landingntc landing
himalayan bank box

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा दुइटा कार आपसमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

शनिबार बिहान १० बजेतिर काठमाडौंबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१-०२९ च १३६९ नम्बरको कार र काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४५०९ नम्बरको कार आपसमा ठोक्किँदा दुवै कारमा सवार २-२ जना घाइते भएका हुन्।  

घाइतेहरूमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-२ का २६ वर्षीय प्रज्ञान खड्का र २८ वर्षीय प्रमोद खड्का, रामेछापको खाडादेवी गाउँपालिका-८ की २१ वर्षीया सुनिता बरैली र मकवानपुरको हेटौडा उपमहानगरपालिका-८ की २४ वर्षीया बबिता खनाल रहेका छन्। उनीहरुको मलेखुस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको छ।
 

प्रकाशित: Jan 04, 2025| 11:41 शनिबार, पुस २०, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्