शनिबार, पुस ५, २०८२

जनकपुरका स्कुलमा १० दिन जाडो बिदा

 |  शनिबार, पुस २०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस २०, २०८१

काठमाडौँ- जनकपुरधाम उपमहानगरपालिकाका विद्यालयहरू बन्द भएका छन्। उपमहानगरपालिका कार्यालयले चिसो बढेपछि शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको हो।

National life

शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले पुस १९ देखि २९ गतेसम्म जाडो बिदा दिने निर्णय भएको जानकारी दिएका छन्। वर्षे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिइएको हो।

अत्यधिक जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी उपमहानगरपालिका क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय भएको हो।

तराई–मधेशमा केही दिनयता शीतलहर सुरू भएपछि जनजीवन प्रभावित भएको छ।

प्रकाशित: Jan 04, 2025| 08:01 शनिबार, पुस २०, २०८१
प्रतिक्रिया दिनुहोस्