बिहीबार, जेठ २१, २०८३

काठमाडौंमा बढ्यो चिसो, कस्तो छ देशभरको अवस्था ?

 |  शनिबार, पुस २०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस २०, २०८१

काठमाडौंमा चिसो बढेको छ। आज बिहान ६ बजेको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस रहेको छ।

National life

आज काठमाडौँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ। दिउँसोको समयमा मौसम सफा रहने आकाश खुला हुँदा तापक्रम केही बढ्नेछ।

आज गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ ।

दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

Shivam cement

प्रकाशित: Jan 04, 2025| 07:56 शनिबार, पुस २०, २०८१
प्रतिक्रिया दिनुहोस्