सोमबार, पुस २२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान

 |  शुक्रबार, पुस १९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १९, २०८१

ntc landingntc landing
himalayan bank box

बाँके- बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान प्रारम्भ भएको छ। 

बाँके राष्ट्रिय निकुञ्ज नजिकको राप्तीसोनारी गाउँपालिका-२ र बर्दिया राष्ट्रिय निकुञ्ज समीपको मधुवन नगरपालिका-२ मा सचेतना अभियान सञ्चालन प्रारम्भ भएको हो। 

समुदायका लागि सञ्चार अभिनय नेपालका कार्यकारी निर्देशक तुला अधिकारीका अनुसार अभियान १० महिनासम्म सञ्चालन हुनेछ। अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण कसरी गर्ने, वातावरण एवं वन्यजन्तुको वासस्थान संरक्षणलगायत क्षेत्रमा व्यावहारिक ज्ञान दिइने छ। 

प्रकाशित: Jan 03, 2025| 16:31 शुक्रबार, पुस १९, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्