शनिबार, पुस ५, २०८२

पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो

 |  शुक्रबार, पुस १९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १९, २०८१

झापा- स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या बढेको छ। अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार सन् २०२४ मा ६ हजार १०१ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ मा तीन हजार १२५ जना तेस्रो मुलुकका पर्यटक सो नाका भएर नेपाल आएका थिए। अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा पर्यटकको आगमन दुई हजार ९७६ जनाले बढोत्तरी भएको छ।

National life

कोरोना महामारीपछि भारतले कुनै कारण नखुलाई काँकडभिट्टाको सीमावर्ती भारतीय नाका पानीट्यांकीबाट तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिएको थिएन। भारतीय अवरोधका कारण लामो अवधिदेखि पूर्वीनाकाबाट स्थलमार्ग हुँदै पर्यटक नेपाल आउन पाएका थिएनन्।

सन् २०२४ को अगस्त १ तारिखबाट मात्र भारतले पानीट्यांकी नाका पर्यटकका लागि खुला गरेको थियो। पानीट्यांकी नाका खुला हुनासाथ नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) कोशी प्रदेश समितिका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठ बताउँछन्।

‘कोरोना महामारी सकिएपछि नाकामा व्यापारिक कारोबार खुला भए पनि पर्यटकका लागि भारतीय अवरोध कायमै रह्यो,’ उनी भन्छन्, ‘उच्चस्तरीय पहलपछि अगस्तमा मात्र भारतले पर्यटकलाई आउजाउ गर्न अनुमति दिएको हो। त्यसपछि बल्ल पर्यटकीय आगमन पुरानै लयमा फर्किएको हो।’

पूर्वीनाकाबाट केही वर्षअघिसम्म नेपाल आउने बंगलादेशी पर्यटकको संख्या बढी थियो। सन् २०२४ मा काँकडभिट्टाबाट स्थलमार्ग हुँदै चार हजार ९१६ भुटानी पर्यटक नेपाल भित्रिएका अध्यागमन कार्यालयका सूचना अधिकारी राजवंशीले बताए।

Laxmi sunrise bank
kumari

उनका अनुसार सन् २०२३ मा यही स्थलमार्ग भएर नेपाल प्रवेश गरेका भुटानीको संख्या दुई हजार ९३१ मात्र थियो। नेपालले सार्क मुलुकका पर्यटकलाई हरेक वर्ष ३० दिन निःशुल्क प्रवेशाज्ञा (भिसा) दिने गरेको छ। शुल्क नलाग्ने भएकाले धार्मिक पर्यटनका लागि भुटानीहरू बढी संख्यामा नेपाल आउने गरेका हुन्। रासस

प्रकाशित: Jan 03, 2025| 20:01 शुक्रबार, पुस १९, २०८१
प्रतिक्रिया दिनुहोस्