सोमबार, पुस २२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु, दुईजना मृत फेला

 |  शुक्रबार, पुस १९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १९, २०८१

ntc landingntc landing

चितवन, भरतपुर महानगरपालिका-४ रामघाटस्थित सडकमा बा.प्र.०३-००१ च १२४४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया नुरजहान खातुनको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

himalayan bank box

बझाङ, तलकोट गाउँपालिका-२ सुकगाडस्थित सडकमा से.१ ज ८४३ नम्बरको जीप सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा जीपमा सवार ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक केदारस्युँ गाउँपालिका-१ रायल बस्ने ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ बस्ने ३६ वर्षीय बम बहादुर धामी, उनकै छोरी ५ वर्षीया आकृति धामी र ७२ वर्षीया जोगेनी देवी धामी रहेका छन् । दुर्घटनामा शम्शेर, बम बहादुर र जोगेनी देवीको घटनास्थलमै र आकृतिको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बझाङ, मष्टा गाउँपालिका-१ कोटदेवलस्थित सडकमा भातेखोलाबाट रनाडातर्फ आउँदै गरेको सु.प.प्र. ०१-००१ ज १३९८ नम्बरको जीप सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४२ वर्षीय धर्म थापाको घटनास्थलमै मृत्यु भएको छ ।

रोल्पा, सुनछहरी गाउँपालिका-६ फगाम धुम्सीस्थित सडकमा रूइनिवाङबाट फगामतर्फ जाँदै गरेको लु.१ ज ४८८९ नम्बरको बोलेरो गाडी बिहीबार राति दुर्घटना हुँदा बोलेरोमा सवार सोही ठाउँ बस्ने ५७ वर्षीया गौरा रोका मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोका सहचालकको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, सुरूङगा नगरपालिका-३ लक्ष्मीपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय राम बहादुर नेपालको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार चालक र सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
चितवन, भरतपुर महानगरपालिका-१ बस्ने ७० वर्षीया बस माया श्रेष्ठ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

म्याग्दी, बेनी नगरपालिका-२ खबरास्थित लब्ली हिल नजिकै भिर तल भारत बिहार घर भएका २१ वर्षीय अक्लेस कुमार दास बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित: Jan 03, 2025| 13:17 शुक्रबार, पुस १९, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्