शनिबार, पुस ५, २०८२

वन कार्यालयले सिफारिस रोक्दा नदीजन्य पदार्थ उत्खनन रोकियो

 |  शुक्रबार, पुस १९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १९, २०८१

सिरहा- डिभिजन वन कार्यालयले लहान नगरपालिका भएर बग्ने बलान, सर्रे र खुट्टी खोलामा नदीजन्य पदार्थ उत्खननका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्न प्रदेश वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस नगर्दा चार महिनादेखि उत्खनन रोकिएको छ। 

National life

नदीजन्य पदार्थका लागि ठेक्का नलाग्दा  नगरपालिकाको राजस्व संकलन घटेको छ भने विभिन्न विकास–निर्माण परियोजना प्रभावित भएका छन्।

वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिका लागि नगरपालिकाले सबै प्रक्रिया पुर्‍याएर वन कार्यालयले मन्त्रालयसमक्ष सिफारिस नगर्दा समस्या भएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले गुनासो गरे। “हामीले वन कार्यालयलाई यो महिनामा  चार वटा पत्र लेखिसक्यौँ तर वन अधिकृतले सिफारिस गर्नुभएको छैन”, उनले भने। वातावरण संरक्षण नियमावली, २०७७ को दफा ९ को उपदफा ९४० को ‘सम्बन्धित निकायले वातावरणीय अध्ययन प्रतिवेदनको सरोकारवाला अन्य सरकारी निकायसँग आवश्यक राय सुझाव लिन सक्नेछ’ भन्ने व्यवस्था अनुसार वन कार्यालयले मन्त्रालयलाई सिफारिस नदिएर काम रोकिएको प्रमुख झाको आरोप छ।

डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले मन्त्रालयसमक्ष सिफारिस गर्न नगरपालिकाबाट प्राप्त निवेदन अध्ययन भइरहेको बताए। “नदीजन्य पदार्थ उत्खननको जिम्मेवारी स्थानीय तहको हो। हामीले मन्त्रालयलाई नगरपालिकाको प्रस्ताव ठीक छ वा छैन समीक्षा गरेर सिफारिस दिने हो।” उनले भने, “जहाँ वन क्षेत्र पर्छ, त्यहाँबाट नदीजन्य पदार्थ झिक्न मिल्दैन। वन क्षेत्रसमेत समेटेर सिफारिस मागिएकाले समस्या भएको हो।” 

प्रकाशित: Jan 03, 2025| 11:31 शुक्रबार, पुस १९, २०८१
प्रतिक्रिया दिनुहोस्